धरौटी रकम बुझाएर रिहा भईन् धर्तीमाता !

0 Shares

काठमाडौं । आफुलाई धर्तीमाता भन्दै युवतीलाई कुटपिट गर्ने विष्णु कुँवर अन्ततः रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २० हजार गरी कूल ३० हजार रुपैयाँ धरौटीमा उनी रिहा भएकी हुन् ।


उनी रिहा भएको काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उनलाई असार १३ गते बिहान बालाजुबाट पक्राउ गरेको थियो । आफूलाई धर्तीमाता बताउँदै उनले एक युवतीलाई सिंहदरबार अगाडि रहेको भद्रकालीको मन्दिर नजिकै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि उनको आलोचना पनि भएको थियो । उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो । उनले एक युवतीलाई ‘तँ को होस् छिटो निस्की, तेरो मासु खाउँला’ भन्दै गाली गर्दै पिटेकी थिइन् । उनले पिटेको दृश्य सुरक्षाकर्मी लगायत अन्य धेरै व्यक्तिहरुले हेरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार