काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न दबदबे हिलोमै रातो कार्पेट बिछ्याइएको छ । त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६० औं वार्षिक उत्सव मनाउने क्रममा प्रधानमन्त्री ओलीको स्वागतमा हिलोमै रातो कार्पेट बिछ्याएको हो ।
कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको विशिष्ट अतिथिलाई स्वागत गर्न हिलाम्य त्रिभुवन विश्वविद्यालयको चौरमै रातो कार्पेट बिछ्याइएको थियो । प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको समेत उदघाटन गरेका छन् ।
कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो हिलाम्य भएकाले त्यही हिलोमाथा कार्पेट बिछ्याइएको थियो । यस्तो हिलोमाथि नै रातो कार्पेट बिछ्याइएको दृश्यले विश्वविद्यालयमा रहेको भद्रगोल अवस्थालाई प्रष्ट पारेको थियो ।