३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

तानसेन नगरपालिका र नेपाल बैंकद्धारा युवालाई बिनाधितो ऋण


१ श्रावण २०७६, बुधबार  

7
Shares

पाल्पा । तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण प्रदान गर्न थालेको छ । नगरपालिकाले वडा नं। ८ का श्रवणकुमार लम्साललाई पाँच लाखको सहुलियत कर्जा प्रदान गर्ने ‘अफर लेटर’ प्रदान गरेको हो । लम्सालले नेपाल बैंकबाट रु पाँच नगद बिनाधितो पाउनेछन् ।

नगरपालिका प्रमुख अशोककुमार शाही र नेपाल बैंक पाल्पाका प्रबन्धक सुरज घिमिरेले संयुक्त हस्ताक्षर गरेको ‘सो अफर लेटर’ पाएपछि किसानले सहुलियत ब्याजदरमा कर्जा पाउन थालेका हुन् । नगरपालिका प्रमुख शाहीले युवा स्वरोजगार कार्यक्रममा पहिलोपटक कर्जा पाउने ऋणीलाई ऋणको सही सदुपयोग हुने गरी काम गर्न अनुरोध समेत गरे । नेपाल बैंक लिमिटेड पाल्पाका प्रबन्धक घिमिरेले नगरपालिकाको युवा स्वरोजगार कार्यक्रममा ऋणका लागि कुनै सेवा शुल्क नलाग्ने बताए।

नियमित सावाँब्याज भुक्तानी गर्नेलाई तीन–तीन महीनामा ब्याजको तीन प्रतिशत फिर्ता गर्ने व्यवस्था रहेको घिमिरेको भनाइ छ । पाल्पा व्यापार सङ्घका अध्यक्ष चिरञ्जीवी पोखरेलले ऋणीहरूलाई उदाहरणीय काम गरेर देखाउन आग्रह गरे । ग्रामीण आर्थिक विकास सङ्घ रेडाका कार्यकारी निर्देशक लीला कार्कीले नगरपालिका र नेपाल बैंकको सहकार्यमा सञ्चालित स्वदेशमै युवा जनशक्ति स्वरोजगार बनाउने सो युवा स्वरोजगार कार्यक्रमले युवालाई स्वरोजगार बनाउनका साथै उद्यमसील हुन सहयोग पुग्ने बताए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ५ : ०८ बजे