२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

छवि र शिल्पाविरूद्ध प्रक्राउ पुर्जी !



काठमाडौं । फिल्म निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । बुधबार बहुविवाह सम्बन्धि मुद्दा दर्ता गर्दै अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।


अदालतबाट छविराज र शिल्पा दुवैविरुद्ध पक्राउ पुर्जी आइसकेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसरा अब दुवैलाई पक्राउ गरी घटनाकाबारेमा अनुसन्धान सुरु गरिने छ ।
छविराजकी पहिली पत्नीले हेमा ओझाले उनीहरू विरुद्ध गत आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको निवेदन दायर गरेकी थिइन् । सोही निवेदन उपर मुद्दा दर्ता गर्दै पक्राउ पुर्जी जारी गरिएको हो । नेपाल न्यूजसाईटबाट

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ११ : ०० बजे