२६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025

बलात्कार अभियोग लागेका नेइमारको छानबिन स्थगित !



काठमाडौं । प्रहरीले ब्राजिलियन फुटबलर नेइमारविरुद्ध लागेको बलात्कार अभियोगको छानबिन स्थगित गरेको छ । यसले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्दै आएका नेइमारलाई राहत दिएको छ ।


प्रमाणको अभावमा मुद्दा निलम्बन गरिएको साओ पाओला महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । तर, अन्तिम निर्णयका लागि अभियोजनकर्ता कहाँ पठाइनेछ ।
ब्राजिलियन मोडल नाजिला त्रिन्दाजीले नेइमारमाथि बलात्कारको आरोप लगाएकी थिइन् । गत मेमा पेरिसमा एक होटलमा भेट्दा नेइमारले जबरजस्ती गरेको उनको आरोप थियो, जसलाई ब्राजिलियन फुटबलरले अस्वीकार गर्दै आएका छन् ।
नेइमारका प्रवक्ताले प्रहरीको निर्णयबारे प्रतिक्रिया दिन अस्वीकार गरेको एएफपीले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : ४४ बजे