-शिव ढुंगाना
निरु पौडेललाई व्यक्तिगत रुपमा चिन्दिन । उहाँले पनि निश्चित चिन्नुहुन्न मलाई, किनकी उहाँले चिन्ने तहको मान्छे होइन म । प्रेम बानियासँग पनि मेरो कुनै साइनो सम्बन्ध छैन । औपचारिक मात्रै चिनजान हो, एक, दूई पटक भेटघाटपछि । त्यसपछि उनी अमेरिका गएछन्, सामाजिक सञ्जाल र केही अनलाइनहरुले लेखेका विषयपछि मात्रै जानकारी पाएँ । उनी लक्षित क्रिया प्रतिक्रियाको वास्तविकताबारे म शत प्रतिशत अनभिज्ञ छु ।
त्यस्ता टिका टिप्पणीबारे कुनै क्रिया जनाउनु पनि आवश्यक देखिन । यद्यपी निरु पौडेलको असोज २० गते दैनिक नेपालमा प्रकाशित एकजना अमेरिका छिर्दैमा कस्तो रोदन ? शीर्षकको आलेखले केही प्रश्न उब्जायो । आलेख बढेकै भरमा उहाँबारे सम्पूर्ण धारणा बनाउनु त गलत होला तर, आलेख पढेर ठोकुवाका साथ भन्न सकिन्छ कि उहाँ एकजना शिक्षित वर्गको, अरुलाई दिक्षित पार्न सक्ने व्यक्ति हो । उहाँजस्तो व्यक्तिले आलेखमा प्रयोग गर्नुभएका शब्द र त्यसले दिने अर्थ र झल्किने आषयले कुनै पेशा र त्यसमा आवद्ध श्रमजीविप्रति सम्मान जनाउँदैन ।
म पनि पत्रकारिता पेशासँग जोडिएको छु । यस क्षेत्रमा धेरै समस्या पनि छन्, र विकृति पनि छन् यसका बीचमा थुप्रै अवसरहरु पनि छन् । यो आलेखले पैसा सबै कुरा हो भनेर पेशाको मर्यादामाथि प्रश्न उठाएको छ । यसमा मेरो असहमति हो । र, कुनै पत्रकार अमेरिका आए गएको चर्चा अरुले गरिदिदैमा उसप्रतिको कटाक्ष किन जरुरी छ ? तपाईले अमेरिका कस्तो हो, देश भनेर उसको चर्चा गर्न नेपाल सरकारका सचिव त अमेरिका भित्रिए भन्ने उदाहरण दिएर अमेरिकाको विज्ञापन किन गर्ने ? के नेपाल सरकारको एकाध उच्च अधिकारी जागिर छोडेर अमेरिका जाँदैमा अमेरिका आफैमा स्वर्ग हो ? अमेरिका गएर पैसा कमाउने र सुखसँग बाँच्नेहरुको मात्रै सम्मानको पेशा र सफलता हो ? मेरो गाउँमा दिनभरी हलो जोत्यो भने मेरा काका र दाजुहरुले बल्ल १६५। रुपैया ज्याला पाउनु हुन्छ । अनि विचरा हली भनेर मैले ‘सम्मान’ गर्नु उपयुक्त हुन्छ ?
निरुजीले अमेरिकाबारे वर्णन गरेको वाक्य पढ्दै गर्दा झण्डै ६ वर्ष पहिले ओखलढुंगाको सदरमुकाममा बाटो खन्दै गरेको अवस्थामा भेटिएका एक जना चिनिया नागरिकको याद भयो । खोजी गर्दा उनी स्वास्थ्य कर्मी रहेछन् र दाँत भर्ने र बनाउने काम गर्दा रहेछन् । सोही क्रममा ओखलढुंगा सदरमुकाममा दाँत हाल्न चाहनेहरुलाई प्रचलितभन्दा कम शुल्कमै दाँत हालिदिने गर्दारहेछन् । उनको चिनियाले नेपालमा आएर सहयोग गर्यो भनेर बजारबासीले समाचार लेखिदिन अनुरोध गरे । किन बाटो खन्न दैनिक चार घण्टा सघाउँछन् चिनिया नागरिक ? भनेर अध्ययन गर्दा त सदरमुकामको एक हप्ता बसाइमा उनले कडा श्रम गर्नु नपरेकाले खाना रुच्न छोडेछ । श्रम गरेपछि खाना रुच्ने र पच्ने हुन्छ भनेर उनी सदरमुकाममा बाटो विस्तार गर्ने काम भइरहेको समयमा माटो खन्ने काम गर्न थालेका रहेछन् ।
ती चिनीयाको जस्तै तपाइको पनि सचिव उदाहरण दिएर नेपालका तपाईजस्ता सक्षम र शिक्षित युवाहरु अमेरिकाको सपना देखाउने उद्देश्य त होइन भन्ने मेरो मनको अन्र्तद्वन्द्व गलत सावित होस् । आगामी दिनमा नेपालमै श्रम गर्न र श्रमको मूल्य लिन सक्ने सामथ्र्यका साथ जुट्न उत्पे्ररित गर्ने आलेख पढ्ने अपेक्षा छ ।
अर्को प्रसंगमा एक जना दिदिले १० रुपैंया माग्दा तपाइंले एक सय दिएको प्रसंगले तपाई मागेको भन्दा १० गुना बढी दिनसक्ने भएको पुष्टि गर्छ । सहयोग सानो देखिए पनि आपत्मा मूल्यावान् होला तर, विग मिडिया हाउसमा सम्पादक भएका व्यक्तिहरु पनि अमेरिका गए भन्दैमा नेपालमा बस्नेहरु सबै पत्रकारले पारिश्रमिक नपाएका र नाजुक अवस्था भएका भन्नु गलत हुनेछ ।
जसरी तपाँइ दिन सक्ने हुँदैमा आम नेपाली नागरिकको प्रतिनिधित्व गर्दैन त्यसै गरी जसले मागे उनले आम पत्रकारको पारिवारिक अवस्थाको प्रतिनिधित्व गर्दैन । आर्थिक रुपमा पछाडि परेका पत्रकार विचरा, नाथे र स्वाभिमान विनाका अनागरिक विल्कुल होइनन् । विना पैसामै काम गरेर आफु संकटमा परे पनि उनीहरुले शासकलाई खवरदारी र नागरिकलाई जगाउन थोरै भए पनि टेवा पुर्याएका छन् । पारिश्रमिक नलिएर पनि नागरिकको पक्षमा काम गर्ने नेपाली पत्रकारहरु नै हुन् । समस्या होला र उनीहरुको आवश्यकता पनि तर, नागरिकका पक्षमा चार÷छ महिनासम्म तलब नपाउँदा पनि निरन्तर जनताको पक्षमा काम गर्ने कोही छन् भने ती नेपालका पत्रकारहरु नै हुन् भन्ने कुरा निरुजीलाई स्मरण गराउनु नपर्ला किनकी तपाइको आलेखको सन्दर्भले तपाइको पनि पुरानो पृष्ठभूमिमा कतै न कतै यो पेशा जोडिएको अनुमान लगाउन सकिन्छ ।
प्रेम बानियाबारेको चर्चा टिप्पणीमा मेरो तर्क होइन । त्यसबारे तपाइँलाई धेरै जनाकारी होला । अझ नाम चलेका धेरै पत्रकारको प्रोफायल तपाईसँग रहेछ, जो अमेरिका बस्छन् । आलेखमा प्रयोग भएको ‘यता छिरेका’ भन्ने शब्दले तपाइ पनि अमेरिका नै बस्नुहुन्छ भन्ने बुझाउँछ । जहाँ भए पनि वा डिभी, पिआरधारी भए पनि कुनै पेशामा आवद्ध हुनुहोला । नेपाली पत्रकारिता र सबैजसो पत्रकार अब ‘विचरा र नाथे !’ को अवस्थामा छैनन् ।
पत्रकार विचरा, नाथे होइनन्, । उनीहरुलाई विचरा र नाथे बनाउने भुमिकामा रहेकाहरुलाई चेतना भर्न निरुजीहरुको पनि दायित्व कतै न कतै छ । त्यसमा हातेमलो गरौं । त्यसमा तपाइको पनि सक्रिता जरुरी छ । मौका पाए ९९ प्रतिशत पत्रकार अमेरिका आउँछन् र उनीहरुलाई डिभि परोस् भन्ने तपाइको कामना अधुरो होस् । ९९ प्रतिशत पत्रकार नेपालमै बसेर काम गर्छन् भन्ने सक्ने र बस्ने वातावरण भयो भने त्यतिबेला निरुजीहरु अमेरिका भए पनि नेपाल पक्कै आउनु हुनेछ । अमेरिकाको बयान भन्दा समृद्ध नेपाल निर्माणमा योगदान गरौं । http://www.dainiknepal.com/2016/10/188281.html