यथाशीघ्र अन्तर्राष्ट्रिय विमानस्थल सुधारको प्रतिबद्धता

0 Shares

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवको एक महीनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपाल चेम्बर अफ कमर्शद्धारा आज यहाँ आयोजित “नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका” विषयक अन्तक्र्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई ट्राफिकिङ’ लगायतका समस्यालाई अझै व्यवस्थित ढङ्गबाट समाधान गरी समग्र सुधार गर्ने बताए ।

उहाँले भन्नुभयो,“पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले विमानस्थलको सुधार, भूकम्पबाट भत्किएका सम्पदाको पुनःसंंरचना लगायतका कामलाई सरकारले तीव्रता दिएको छ, पर्यटन वर्षलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछु ।

मन्त्री भट्टराईले सगरमाथामा फोहरका कारण जाम भए÷नभएको बारेमा अध्ययन गरेर मन्त्रालयले प्रतिवेदनसमेत सार्वजनिक गरेको जानकारी दिए । उहाँले विमानस्थलमा खटिएका कर्मचारीलाई सकारात्मक सोचको तालीमको समेत व्यवस्था गरिएको बताउँदै आन्तरिक उडानमा देखिएका समस्यासमेत समाधान गर्ने बताए ।

मन्त्री भट्टराईले आन्तरिक विमानस्थलको विकास र विस्तारको काम भइरहेको भन्दै पोखरा, बारा र रुपन्देहीलगायतका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्रताका साथ अघि बढिरहेको बताए । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीन लगायतका मुलुकको जनसङ्ख्याको करीब ०।१ प्रतिशत पर्यटकलाई नेपाल ल्याउनुपर्नेमा जोड दिए ।

चेम्बरका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार