काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौँमा आई पत्रकारिता गर्नेहरुबीच अन्तरसंवन्ध कायम राख्ने उद्देश्य सहित सोलुखुम्बु–काठमाडौँ पत्रकार समाज गठन गरिएको छ । प्रकाश खालिङको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
काठमाडौँमा कार्यरतमध्ये अधिकांश पत्रकारहरुको सहभागीतामा सोलुखुम्बुको विकास निर्माण र सुशासन कायम राख्न सहयोग पुग्ने प्रकारको समाचार सम्प्रेषण र पत्रकारहरुलाई थप थप उत्तरदायी बनाउन स्वतन्त्र संगठनको निर्माण गरेको तर्दथ समितिका संयोजक प्रकाश खालिङले जानकारी दिए ।
समिति सदस्यमा सोलुखम्बुमै कार्यरत भोजराज कार्की, काठमाडौँमा कार्यरत बुद्धबीर बाहिङ, विक्रम श्रेष्ठ, मदन राई, तेज किराँती, डोमा शेर्पा रहेका छन् ।
कुनै राजनितिक दल वा विचार भन्दा निक्कै पर रहेर स्वतन्त्र रुपमा समितिको गठन गरिएको संयोजक खालिङको भनाई छ । उनले भने, ‘यो विशुद्ध सोलुखुम्बुमा पत्रकारिता गरिरहेका र सोलुखुम्बुबाट काठमाडौँमा आई पत्रकारिता गरिरहेकाहरुबीच समन्वय र जिल्लाप्रति थप उत्तरदायी बन्न गरिएको प्रयास हो ।’ तदर्थ समितिले भेलाको आयोजना गरी समाज सँग सरोकार राख्ने पत्रकारहरुको उपस्थीतिमा कार्यसमिति चयन गरिने छ ।