प्रधानमन्त्रीको उपचार प्रक्रिया पूरा हुन एक साता लाग्ने

126 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया अझै एक साता जारी रहने भएको छ । प्लाज्मा फेरेसिस प्रक्रियाबाट जारी रहेको उपचार प्रक्रिया अर्को सातासम्म पूरा हुने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाले जनाएका छन् ।


रिमालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था हाल सामान्य छ । उपचार जारी रहेका बेला निजी चिकित्सक डा.दिव्यासिंह शाह बुधवार काठमाडौं फर्किएकी छन् । प्रधानमन्त्रीको शरीरमा एण्डीबडीको मात्रा केही बढी देखिएको छ । एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकरण गर्ने उपाचार विधिलाई निरन्तरता दिन उनी सिंगापुरमा छन् ।
गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि स्वदेश फर्किएका उनी भदौ ५ गते पुनः उपचारका लागि गएका थिए । यसपटक पनि सोही अस्पतालमा विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार