टान निर्वाचन : त्रिपक्षीय प्रतिस्पर्धा !

658 Shares

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते हुन लागेको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । टानको नयाँ नेतृत्वका लागि नेकपा निकट संगठन, कांग्रेस निकट संगठन र समाजवादी पार्टी निकट संगठनबीच त्रिपक्षीय प्रतिस्पर्दा हुने भएको हो ।


नेकपाको तर्फबाट कुमार थापा नेतृत्वको प्यानलको घोषणा भएको छ भने, कांगे्रसनिकट संगठनले खुम सुवेदी नेतृत्वको अर्को प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी समाजवादी पार्टीले कामीरिञ्जी शेर्पाको नेतृत्वमा छुट्टै प्यानल घोषणा गरेको छ ।
नेकपानिकट थापा प्यानलले वरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्धितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सहकोषाध्यक्षमा प्रदिप पण्डितलाई उम्मेद्धार बनाउने घोषणा गरेको छ । त्यस्तै सदस्यमा रघु पौडेल, मिङ्मा शेर्पा, निमा डिकी शेर्पा, प्रेमबहादुर लामा, सुनिल सिलवाल र कृष्ण गोपाल श्रेष्ठ रहेका छन् ।
त्यस्तै कांगे्रसनिकट सुवेदी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिप घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ रहेका छन्, भने सदस्यहरुमा खोमराज अधिकारी, सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा र सोनाम ग्याल्जेन शेर्पालाई अघि सारिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार