सत्र विधेयक पारित गर्दै वर्षे अधिवेशन सम्पन्न

7 Shares

हेटौडा । सत्र  विधेयक, एक कार्यविधि र एक नियमावली पारित गर्दै प्रदेश ३ को प्रदेशसभाको वर्षे अधिवेशन सकिएको छ । आज प्रदेशसभाले पत्रकार सम्मेलन गरी अधिवेशन सकिएको जनाएको हो ।

वैशाख ३० गतेदेखि भदौ २५ गतेसम्म ५३ घण्टा एक मिनेटसम्म बसेको  बजेट अधिवेशनसमेत भनिने सो अधिवेशन समापन गरिएको  प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । अधिवेशन अवधिभर सात नयाँ विधेयक दर्ता भएको, अघिल्लो अधिवेशनको बाँकी नौ विधेयकसमेत गरी कूल १७ विधेयक पारित भएको र  हालसम्म प्रस्तुत ४५ विधेयकमध्ये सबै पारित भएर प्रदेश प्रमुखकोमा प्रमाणीकरणका लागि पठाइएकामा  ३८ वटा विधेयक प्रमाणीकरण भएर आएको उहाँले बताए । सभामुख श्रेष्ठका अनुसार प्रदेशसभाले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि र प्रदेशसभा नियमावली पहिलो संशोधन २०७६ समेत पारित गरेको थियो ।
अधिवेशनका क्रममा प्रदेशसभा अन्तर्गतका सबै विषयगत समितिले आ आफ्नो वार्षिक प्रतिवेदनसभामा पेश गरेको, शिक्षा, स्वास्थ्य तथा कृषि समितिले चितवन र सिन्धुली जिल्लामा सञ्चालित सामूहिक चक्लाबन्धी खेती तथा मत्स्यपालन कार्यक्रमको स्थलगत प्रतिवेदन पेश गरेको, प्रदेशसभाले प्रदेशसभा दर्पण भाग दुई प्रकाशित गरेको सो अवसरमा जानकारी दिइएको थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार