काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले २०७६ सालको दशैँको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सम्पर्क समितिको अध्यक्ष गोकर्ण बस्नेतको अध्यक्षता बसेको आकस्मिक बैठकले आउने असोज ११ गते दशैँको शुभकामना आदानप्रदान तथा चियापानको आयोजना गर्ने भएको हो । काठमाडौंस्थित मिराकल पार्टी प्यालेसमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरिने अध्यक्ष बस्नेतले बताए ।
‘हामीले भर्खरै बृहत रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका छौं, अध्यक्ष बस्नेतले भने, ‘अब असोज ११ गते हिन्दुहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेका हौं ।’
सम्पर्क समितिको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौं आई बसोबास गर्ने सम्पूर्ण लोकतन्त्रप्रेमीहरुलाई उपस्थितिका लागि समेत आग्रह गरेको अध्यक्ष बस्नेतले बताए । कार्यक्रम बिहान ११ बजेदेखि शुरु हुने समेत अध्यक्षले बताए ।