गर्भवती महिला दश दिनदेखि बेपत्ता

21 Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् ।

स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् । भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । घर फर्किएको साँझ ७ः३० बजेदेखि सम्पर्कविहीन भएको उनका श्रीमान् शङ्कर रत्नले जानकारी दिए ।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर फर्किएका थिए । आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७ः३० बजेको समयमा फोन गर्दा श्रीमान्ले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताए ।

उहाँका अनुसार घरमा पटकपटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति श्रीमान् शङ्करले फोन गरेर गाली गरेको आरोप छ । मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेको बताइएको छ । राति खाना खाएपछि घरबाट कपडा सिलाउनका लागि निक्किएको स्थानीयले बताउने गरेको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेपत्ता बनेकी मनिषाको खोजीकार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बेपत्ता महिलाको खोजी कार्य तीव्र पारिएको भए पनि अहिलेसम्म कुनै पत्ता नलागेको जानकारी दिए । उहाँले घरपरिवारलाई बोलाएर सोधपुछ गर्नेदेखि लिएर सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको र खोजीकार्य अझै जारी रहेको बताए ।
–पाँच महिनाकी गर्भवती दश दिनदेखि बेपत्ता
पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका वडा नं ८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् ।

स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् । भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । घर फर्किएको साँझ ७ः३० बजेदेखि सम्पर्कविहीन भएको उनका श्रीमान् शङ्कर रत्नले जानकारी दिए ।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर फर्किएका थिए । आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७ः३० बजेको समयमा फोन गर्दा श्रीमान्ले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताए ।

उहाँका अनुसार घरमा पटकपटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति श्रीमान् शङ्करले फोन गरेर गाली गरेको आरोप छ । मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेको बताइएको छ । राति खाना खाएपछि घरबाट कपडा सिलाउनका लागि निक्किएको स्थानीयले बताउने गरेको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेपत्ता बनेकी मनिषाको खोजीकार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बेपत्ता महिलाको खोजी कार्य तीव्र पारिएको भए पनि अहिलेसम्म कुनै पत्ता नलागेको जानकारी दिए। उहाँले घरपरिवारलाई बोलाएर सोधपुछ गर्नेदेखि लिएर सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको र खोजीकार्य अझै जारी रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार