थुलुङ दुधकोशी गाउँँपालिकाले पनि मनायो संविधान दिवस

56 Shares

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा पनि संविधान दिवस मनाईएको छ । संविधान जारी भएको खुसियालीमा संविधान दिवस मनाईएको हो ।

´हामीले गाउँपालिकामा पनि संविधान दिवस मनाएका छौं` थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अवि राईले भने, ´बिहान प्रभातफेरी कार्यक्रम गरियो र दिउँसो गाउँकार्य पालिकाको कार्यलय वरपर सरसफाई गरि संविधान दिवस मनाएका हौं ।`

शुक्रबार देशभर संविधान दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाईएको छ । विदेशस्थित विभिन्न देशका नेपाली राजदुत कार्यलयमा पनि धुमधामका साथ संविधान दिवस मनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार