काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर(पांगा क्षेत्र आफ्नो माइतीघर जस्तै भएको बताएका छन् ।
शनिबार त्यहाँ आयोजित एक कार्यक्रममा प्रचण्डले कीर्तिपुरसँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको बताए । पञ्चायती शासन व्यवस्थाविरुद्ध आन्दोलन गर्दा भूमिगत रुपमा बस्ने, संगठन बनाउने काम गरेको स्मरण गर्दै उनले भने, कीर्तिपुर, पागाँ आउँदा माइती आए जस्तो लाग्छ । मेरो माइती घर नै हो भने जस्तो लाग्छ ।’
पहिलो संविधानसभामा कीर्तिपुरबाट जितेर नै आफूले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने अवसर पाएको उनले सुनाए ।
प्रचण्डले कीर्तिपुरका विकास निर्माणका कामहरुमा पहल गर्ने आश्वासन समेत दिएका छन् । कीर्तिपुरमा युद्ध स्मारक पार्क, संग्राहलय, खेल मैदान बनाउन पहल गर्ने उनले बताए