सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका वडा नंं ६ मुक्लीका तिर्थ राईलाई कानूनी कारबाहिका लागि प्रक्रिया अगाडि बढाइएको छ । राईले ९ वर्षिय छोरा संयोग राईलाई शारीरिक तथा मानसिक यातना दिइरहेकाले उनलाई कानूनी कारबाहिका लागि प्रक्रिया अगाडि बढाइएको हो ।
थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईद्धारा हस्ताक्षरित विज्ञप्ती मार्फत पिडक राईलाई आवश्यकीय कानूनी कारबाहि र पिडित ९ वर्षिय राईलाई गाउँपालिकाले अभिभावकत्व लिने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘बुबाको अमानवीय यातना र कुटपिटबाट घाईते संयोग राईको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै न्यायिक समितिको सिफारिस अनुसार निजको उपचारको लागि गाउँपालिकाले सहयोग गर्ने र अभिभावकत्व समेत ग्रहण गर्ने छ ।’ विज्ञप्तीमा लेखिएको छ ।
छोराछोरीलाई उचित शिक्षा, हेरचाह र माया दिई अभिभावकत्व प्रदान गर्नुपर्ने बुबाबाटै यस प्रकारका यातना र पिडा अहिले पनि हुनु अत्यन्तै दुःखद र निन्दनीय भएको विज्ञप्तीमा उल्लेख छ ।