नेपाललाई इन्डो–प्यासिफिकमा तान्न खोजेका छैनौं राजदूत

14 Shares

काठमाडौं । अमेरिकी राजदूत र्‍याण्डी बेरीले इन्डो–प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी गराउन आफूहरुले प्रयास नगरेको दाबी गरेका छन् ।

नेपालका लागि अमेरिकी राजदूत बेरीले शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता झलनाथ खनालसँग भेटेर आफ्नो मुलुकले अघि सारेको इन्डो–प्यासिफिक रणनीति अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउन नभएको समेत बताए । ‘‘इन्डो–प्यासिफिक रणनीति कुनै सैन्य संगठन होइन । यो कुनै राजनीतिक मोर्चा पनि होइन,’ अमेरिकी राजूदत बेरीसँग भनाइ उधृत गर्दै वरिष्ठ नेता खनालले भने, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न प्रयत्न गरिरहेका छैनौं भने ।’

पूर्वप्रधानमन्त्री समेत रहेको खनालले भेट्न राजदूत बेरी डल्लुस्थित निवासमा पुगेका थिए ।

भेटमा खनालले भने नेपालले असंलग्नताको नीति लिएको स्मरण गर्दै त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने बताएका छन् । राजदूत बेरीसँग दुई देशबीचको सम्बन्धबारे पनि कुराकानी भएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार