७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

सांसद पदबाट निलम्वित हत्या आरोपी आलम


२७ आश्विन २०७६, सोमबार  

42
Shares

काठमाडौं । हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो ।

रौतहट क्षेत्र नं। २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : ०१ बजे