काठमाडौं । नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै प्रहरीमा दरबन्दी थपिएको हो ।
मन्त्रालयका एक अधिकारीका अनुसार दरबन्दी स्वीकृतिसँगै कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिसकिएको छ ।
थपिएका दरबन्दीमा ३ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०, चार जना प्रहरी उपरीक्षक ९एसपी०, २१ जना प्रहरी नायब उपरीक्षक ९डीएसपी० र प्रहरी निरीक्षक ९इन्स्पेक्टर० ४७ छन् । एसएसपी बढुवा गरेर गौतम बुद्ध विमानस्थल सुरक्षा, समुदाय प्रहरी साझेदारी कार्यक्रम र ब्याण्ड बाजाको नेतृत्व दिने प्रहरी तयारी छ ।
प्रहरी नायब निरीक्षक ९सई० ८६, प्रहरी सहायक निरीक्षक ९असई० २ सय ९७, प्रहरी हवल्दार ६ सय ८३, प्रहरी जवान २ हाजार २ सय १६ र कार्यालय सहयागीतर्फ ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ ।
थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो । प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ । एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो ।
‘समय अनुकुल संगठनको स्रोत, साधान विकास गर्ने क्रममा जनशक्ति विकास पनि अपरिहार्य कुरा भएकाले थप दरबन्दी माग भएको थियो’, केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल भन्छन्, ‘थपिएका दरबन्दी भर्ना र बढुवा प्रक्रियाबाट पदपूर्ती गरिनेछन् ।’
हाल प्रहरीमा जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ को दरबन्दी छ । तीमध्ये करिब ४ हजारको अझै पदपूर्ति भएको छैन ।