काठमाण्डौ । वर्तमान सरकार तथा नेकपा पार्टीले नेपालीहरुको महान चाड,दसैं, तिहार, नेपाल सम्वत ११४० तथा छठ पर्वको उपलक्ष्यमा नेकपा पार्टीले चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो । सो शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका कार्यकर्ता,सर्वसाधारण साथै आमन्त्रित पाहुनाहरुको उपस्थिति थियो ।
सो शुभकामना आदान प्रदान कार्यक्रमका नेकपा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले देश वर्तमान समयमा कुनै हावामा नभइ, याथार्थमा चलेको बताए । देश विकास र निकासका लागि जे भइरहेको छ, त्यो याथार्थमा भएको छ । कसैको हावादारीमा नलाग्न आग्रह समेत गरे ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा जे पाए त्यही लेख्ने, के नेपालीहरुको हैसियत त्यति तल गिरेको अवस्था हो र भनि प्रति प्रश्न गरे ? अब देशले विकासमा ठूलो फट्को मार्दै छ । सानो स्वार्थका निम्ति कतिपय मानिसहरुले देशमा केही भएको छैन । सबै हावादारी हुन् भन्न्ो गरेका छन् । त्यो भन्नेहरुको केही समयपश्चात मुख स्वत बन्द हुने छ भने । चिनका राष्ट्रपति सि जिन पिङ्गको नेपाल भ्रमणको चर्चा गर्दै, हाम्रो देश नेपाल विकासको गतिमा कसैले रोक्न नसक्ने बताए ।