काठमाडौं । नेपाल र भारतबीचको अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको एक महिनामा साढे चार करोड लिटर डिजेल आयात भएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको यो दक्षिण एसियाकै पहिलो अन्तरर्देशीय पाइपलाइन हो ।
नेपाल र भारतका प्रधानमन्त्रीले गत भदौ २४ गते पाइपलाइनको सयुक्त उद्घाटन गरेका थिए । त्यस दिनदेखि २९ असोजसम्ममा चार करोड ६० लाख लिटरभन्दा बढी डिजेट आयात भएको छ । यसरी आयात गर्दै कत्ति पनि चुहावट भएको छैन । भण्डारण समस्याले गर्दा हाल पाइपलाइनबाट डिजेल मात्रै आयात गरिन्छ ।
पाइपलाइनबाट आयात भएको डिजेल भैरहवा, पोखरा, थानकोट, विराटनगरलगायत देशभरका निगमको डिपोमा माग भएअनुसार नै उपलब्ध गराइएको निगमले जानकारी दिएको छ ।
पाइपलाइनको पूर्ण सञ्चालनसँगै भारतीय आयल निगमको बरौनी, बैतलापुर, मुगलसराई, गोडालगायतका डिपो तथा रिफाइनरीबाट डिजेल आयात रोकिएको छ ।