पहिलो र दोस्रो विश्व युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा मनाइने ‘पप्पी डे’

Facebook Debugger

अंग्रेजी अर्थात् ग्रेगोरियन पात्रोको हरेक २१ तरिखका दिन पहिलो र दोसे विश्व युद्धमा मरेका तथा घाइते भएका लाखौं सिपाही वा भनौं याद्धोहरुको सम्झनामा बेलायत लगायत देशका सेना तथा भूपूहरुले ‘पप्पी डे’ मनाउने गर्छन् ।
खासमा आजभोलि ‘पप्पी’ शब्दलाई विकशित देशका प्रायः सबै जनताहरुले र नेपाल लगायत अल्पविकसित वा भनौं विकाशशील भनिने देशका सहरबजारमा बस्ने मान्छेहरुले कुकुर वा कुकुरको छाउरा–छाउरी भन्ने अर्थमा बढी बुभ्mछन् । अझ कुकुर पाल्ने धेरै जसो मान्छेहरुले आप्mनो कुकुर–कुकुर्नी वा छाउरा–छाउरीको नाम ‘पप्पी’ राख्ने गर्छन् । तर, यहाँ उल्लेख गर्न लागेको ‘पप्पी डे’का बारेमाचाहिँ मान्छेहरुले पाल्ने कुकुर, कुकुर्नी र तिनका छाउरा–छाउरीको बारेमा उल्लेख गर्ने उदेश्य नभएर पहिलो विश्व युद्धसँगै जोडिएर आएको ऐतिहासिक घटनासँग सम्बन्धित घटनाहरुको उल्लेख गर्नु रहेको छ ।
हुन त हामीमध्ये धेरैलाई थाहाछैन कि, पहिलो विश्व युद्ध सकिएको औपचारिक रुपमा घोषणा गरिएको दिन ‘–सन् १९२१ नेभेम्बर ११ तारिखका’ दिन हो भनेर । अझ सो दिनको पनि ११ बजेर ११ मिनेट, ११ सेकेन्डमा औपचारिक रुपमा पहिलो विश्व युद्ध सकिएको घोषण भएको थियो भन्ने भनाइ छ । यसरी पहिलो विश्व युद्धको क्रममा युरोपका धेरै गाऊँवस्ती र सहरबजारहरु ध्वस्त भएका थिए । त्यसरी ध्वस्त भएका युरोपका गाऊँवस्ती र सहरबजारमध्ये बेल्जियमको प्mल्यान्डर्स सहर पनि नराम्रोसँग ध्वस्त भएको थियो । यतिसम्म कि, त्यहाँको सम्पूर्ण मानववस्ती, वन–जंगल, रुख–विरुवा, जीव–जन्तु केही पनि बाँकी रहेन । यसरी युद्ध लड्ने क्रममा सबका सब ध्वस्त भएपछि उजाड भएको त्यो भग्नावशेष भूमिमा युद्धको क्रममा सेनाहरुले वीरगति प्राप्त गरेको ठाऊँमा भने तत्कालीन सेनाहरुले लगाउने टोप (छत्रेटोपी) आकारको रातो पूmल लहरै सिपाहीहरु उभिए जसरी लहरै रातो ‘पप्पी’ पूmल पूmलेको देखियो । के भनिन्छ भने, सो ठाऊँमा रातो पप्पी पूmलबाहेक अरु रुख–विरुवा केही पनि देखिएन । त्यसैले रातो (पप्पी) पूmललाई जीवनको प्रतीक, जीवनको आशा, जीवन जिउने उत्साह, भरोसा, हौसला सम्झेर सो पूmललाई जीवनको प्रतीक मानेर ‘पप्पी डे’ मनाउन थालियो । तर, दोस्रो विश्व युद्धपछि भने ‘पप्पी डे’लाई ‘रिमेम्बरेन्स डे’को रुपमा मनाउन थालियो ।


गएको ११ नोभेम्बरमा यो दिवस मनाउन थालेको ९८ वर्ष भएको छ । स्मरणीय छ, सो युद्धमा वीरगति प्राप्त गरेका सैनिकहरुको सम्झनामा ‘प्mलावर अफ द फरेस्ट’ र ‘ह्वेन ब्याटल इज ओभर’ शीर्षकमा गीत–संगीत पनि रचना गरिएको छ । हाल पहिलो र दोस्रो विश्व युद्धमा वीरगति प्राप्त गरेका सबै सैनिकहरुको सम्झनामा यही ‘प्mलावर अफ द फरेस्ट’ र ‘ह्वेन ब्याटल इज ओभर’ शीर्षकको गीत–संगीतको धूनमा सलामी दिने गरिन्छ, बेलायत लगायत अन्य देशको सैनिक क्याम्पहरुमा । त्यस्तै भूूप सैनिक र उनीहरुका परिवार सहभागी भएको (पब्लिक प्रोग्रामहरुमा) कार्यक्रममा सलामी नै नदिइए तापनि सो गीत–संगीतको धून बजाइने गरिन्छ ।
त्यसो त पहिलो र दोस्रो विश्व युद्धमा नेपालीहरुले पनि प्रत्यक्षय लडेका थिए । खासगरी आदिवासी जनजाति मूलका जस्तै पश्चिम नेपालका मगर र गुरुङ पूर्वी नेपालका किरातीहरु जो नेपालको भगौलिक एकीकरणपछि ‘राई’ पदवी वा पगरी पाएका जस्तै बान्तावा, कुलुङ, मेवाहाङ, बाहिङ, जेरो आदि किरातीहरु र लिम्बु (पछि अरु जातजातिलाई पनि बेलायती सेनाले भर्ती गर्यो वा ती जातजातिका मान्छेहरुले आप्mनो जात वा थर ढाँटेर भर्ती भए) लाई प्रत्यक्षय रुपमा गोर्खा पल्टन खडा गरेरै भर्ती गराएका थिए भने, तत्कालीन राणा शासकहरुले पनि आप्mनो तर्पmबाट संस्थागत रुपमै पहिलो र दोस्रो विश्व युद्धमा आप्mनो भाइ–भतिजाको नेतृत्वमा नेपाली सेना ‘सर्पोट टिम’को रुपमा बेलायती सेनाको पक्षमा लड्नका लागि खटाएको थियो ।
त्यतिले मात्रै नपुगेर हजारौंको संख्यामा चौरी गाई, गाई–गोरु, काठ–दौरा लगायतका अन्य सरसहयोग पनि गरेका थिए । तर, स्वर्गीय धर्मरत्न येँमी–यमीबाहेक अरु कुनै पनि लेखक वा इतिहासकारहरुले राणा शासकहरुले ‘हजारौंको संख्यामा चौरी गाई, गाई–गोरु, काठ–दौरा लगायतका सरसहयोग तत्कालीन बेलायत सरकारलाई उपलब्ध गराएको बारे लेखेको वा भनौं उल्लेख गरेको यो पंक्तिकारले पढेको वा भेटेको छैन । स्मरणीय छ, स्वर्गीय धर्मरत्न येँमी–यमीले आप्mनो किताब ‘नेपालका कुरा’मा राणा शासकहरुले ‘हजारौंको संख्यामा चौरी गाई, गाई–गोरु, काठ–दौरा लगायतका सरसहयोग तत्कालीन बेलायत सरकारलाई उपलब्ध गराएको उल्लेख गरेका छन् । त्यति मात्रै होइन स्वर्गीय धर्मरत्न येँमी–यमीले आप्mनो किताबमा तत्कालीन राजा श्री ५ त्रिभुवन र तत्कालीन श्री ३ महाराज जुद्ध शमशेरबीच भएको बातचित (भनाभन) सम्म पनि उल्लेख गरेका छन् । संभवतः यी लगायतका धेरै कारणले गर्दा उनको सो किताबलाई त्यही बेला प्रतिवन्ध लगाइएको थियो । पछि फेरि विसं २०६० ताका पुनः प्रकाशित भएको प्रति यो पंक्तिकारले बढेको हो ।
यो वर्ष धरानका भूपू बेलायती गोर्खा सैनिकहरुले धरान उपमहानगर पालिकाको वडा नम्बर–२० स्थित विष्णु पादुकाको माछामारा डाँडामा निर्माण हुँदै गरेको (सालिक तयार भैसकेको) ब्रिटिश गोर्खा स्मृति पार्कमा औपचारिक कार्यक्रमसहित गत ११ नोभेम्बरमा आप्mना दिवंगत वीर पूर्खाहरुको सम्झना गर्दै ‘पप्पी अर्थात् रिमेम्बरेन्स डे’ मनाएका थिए । स्मरणीय छ, बेलायती सेनाबाट अजकास प्राप्त नेपालीहरुबाट वार्षिक लगभग ३३ अर्ब त पेन्सन मात्रै पाउँदै आएका छन् भने पहिलो र दोस्रो विश्व युद्ध लगायत बेलायतको पक्षमा लड्ने क्रममा बेलायती सेनामा कार्यरत १३ जनाले भिक्टोयिया क्रस (भिसी) २ जनाले जर्ज क्रस (जेसी) मेडल पाएका समेत पाएका छन् । स्रोतः कुवेर चालिसे, कारोबार दैनिक, ९ वैसाख २०७५ । त्यस्तै अन्य ६ हजार ५ सय चानचुनले अन्य साना–ठूला मेडलहरु पाएका छन् ।

ninamkirat123@gmail.com

Published On:  340पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार