लिखुपिके गाउँपालिकामा विकासले गति लिदै (भिडियोसहित)

Facebook Debugger

सोलुखुम्बु । साविकको गोली, चौलाखर्क र भकाञ्जे गाविसलाई समेटेर लिखुपिके गाउँपालिका स्थापना गरिएको हो ।


नेपालको प्रदेश नम्बर १ मा पर्ने सोलुखुम्बु जिल्लामा रहेको लिखुपिके गाउँपालिका २७ दशमलव ४८ उत्तरी अक्षाँसदेखी २७ दशमलव ६१ डिग्रि उत्तरी अक्षाँससम्म र ८६ दशमलव ३५ डिग्रि पूर्वी देशान्तरदेखी ८६ दशमलव ५१ डिग्रि पुर्वी देशान्तरसम्म फैलिएको छ ।
समुन्द्र सतहबाट १२ सय ९८ मिटरदेखी ४२ सय १८ मिटरसम्मको उचाईमा लिखुपिके गाउँपालिका अवस्थित छ ।
पूर्वमा सोलुदुधकुण्ड नगरपालिका, उत्तर एवम् पश्चिममा रामेछाप जिल्ला र दक्षिणमा ओखलढुङ्गा जिल्लासँग सिमाना जोडिएको छ । पाँचवटा वडा रहेको लिखुपिके गाउँपालिकाको औशत लम्बाई १६ दशमलव ८ किलोमिटर र औसत चौडाई ९ दशमलव ६ किलोमिटर छ ।
१२४ दशमलव ३८ वर्गकिलोमिटर क्षेत्रफल रहेको लिखुपिके गाउँपालिकाले सोलुखुम्बु जिल्लाको ३ दशमलव ७६ प्रतिशत र समग्र नेपालको ० दशमलव ०८४ प्रतिशत हिस्सा ओगटेको छ । लिखु नदीको किनारमा रहेको लिखुपिकेमा होचो देखी अग्लो र केही समथर तथा भिरालो पाखाहरु रहेका छन् ।
सप्तकोशीको एक सहायक नदी लिखुसँगै हिमगंगा, किञ्जा, खिम्जा, घट्टे, कोरेसी, मैली लगाएतका ठाडा खोलाहरु छन् । चो सम्बा, चो नक्पू, दक्चु जस्ता पोखरी पनि गाउँपालिका भित्र छन् ।


गाउँपालिकाले २०७५ सालमा गरेको घरधुरी सर्भेक्षण अनुसार १३ सय ५२ घरधुरी र ७५ सय ९८ जनसंख्या छ । प्रतिबर्गकिलोमिटर झण्डै ६० जना मानिस बसोबास गर्ने लिखुपिकेमा तल्लो क्षेत्रमा केही बाक्लो र माथिल्लो क्षेत्रमा पातलो बस्ती रहेको छ ।
लिखुपिके गाउँपालिकामा झण्डै ६१ प्रतिशत क्षेत्रीहरु बस्छन् । ब्रह्माण, शेर्पा, तामाङ, नेवार, कामी, दमाई, थामी, राई लगाएतको बसोबास पालिका भित्र छ । हिन्दु र बौद्ध धर्मावलम्बीको बसोबास रहेको लिखुपिकेमा केही मात्रामा किराती र क्रिस्चयनहरु पनि छन् ।


राष्ट्रिय रुपमा मनाइने चाडपर्वसँगै क्षेत्रीहरुको कुलपुजा दिवाली, शेर्पाहरुको ल्होसार, दुम्जी, ङयूङने लगाएत विभिन्न जात्रा÷मेलाहरु आयोजना गरिन्छ ।
लिखुपिके गाउँपालिकाबासीको मुख्य पेसा कृषी हो भने व्यवसाय, नोकरी, मजदुरी, लघुउद्यम, बैशेशिक रोजगार लगाएतका पेसा अँगालेका छन्


झण्डै ९२ प्रतिशत मानिस साक्षर रहेको लिखुपिकेमा तीनवटा माध्यमिक सहित २३ वटा बिद्यालय छन् । यस्तै सवै वडामा एक÷एक गरी ५ वटा स्वास्थ्य संस्था छन् ।

हेर्नुहोस लिखुपिके गाउँपालिकाको समग्र विकासलाई समेटेर तयार पारिएको वृत्तचित्र

Published On:  272पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार