हिमाल एफ.एम. माथि काउन्सिलले अगाडि बढायो कार्वाहीको प्रक्रिया

0 Shares

काठमाडौ । प्रेस काउन्सिल नेपालले हिमाल एफ.एम. माथि कार्वाहीको प्रक्रिया अगाडि बढाएको छ । अस्तित्वमै नरहेको रेडियोको नाम लिएर श्रोतालाई भ्रमित पार्ने काम गरेको र काउन्सिलले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएपछि काउन्सिलले हिमाल एफ.एम. माथि कार्वाहीको प्रक्रिया अगाडि बढाएको हो ।

हिमाल एफ.एम.ले अस्तित्वमै नरहेको रेडियोको नाम लिएर प्रसारणको हौवा फैलाएको बिषयमा एफ.एम.कै पूर्व कार्यकारी अधिकृत पी.टी.लोप्चनले कार्वाहीको माग गर्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएका थिए । काउन्सिलले उक्त उजुरीको सुनुवाई गर्दै साउन ८ गते हिमाल एफ.एम.लाई स्पष्टीकरण सोधेको थियो । एफ.एम.ले १४ गते प्रेस काउन्सिल समक्ष स्पष्टीकरण पेश गरेपनि चित्त बुझ्दो जवाफ नदिएपछि प्रेस काउन्सिलले पुनः भदौ ३१ गते स्पष्टीकरण पेश गर्न ७ दिनको समय दिएको थियो । उत्तः समय भित्र समेत हिमाल एफ.एम. ले जवाफ पेश नगरेपछि काउन्सिलले पुनः ७ दिनको अल्टिमेटम दिएर पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

हिमाल एफ.एम बाट प्रसारित रेडियो कार्यक्रमहरु हिमाल एफ.एम. सँगै रेडियो एभरेष्ट र खुम्बु एफ.एम.बाट पनि एकैसाथ सुनिरहनुभएको छ भने पनि रेडियो एभरेष्टको टावर ध्वस्त भएको लामो समय भईसकेको छ भने खुम्बु एफ.एम. समेत हाल प्रसारणमा नरहेको सञ्चालक समितिले जनाएको छ ।

हेर्नुहोस् प्रेस काउन्सिल नेपालले हिमाल एफ.एम.लाई दिएको निर्देशन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार