‘स्थानीय निकायको पुनःसरचनाको विवाद तत्काल टुङ्ग्याइनुपर्ने’

0 Shares

काठमाडौँ, १३ भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निकायको पुनःसंरचनाबारे दलहरुबीच रहेको विवाद तत्काल टुङ्ग्याएर तीनै तहको निर्वाचनको वातावरण निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।

काँग्रेस काठमाडौँ क्षेत्र नंं ३ ले आज यहाँ आयोजना गरेको तीज विशेष कार्यक्रममा नेता सिंहले स्थानीय निकायको पुनःसंरचनाबारे विवाद गरिरहँदा तोकिएको समयमै तीनै तहको निर्वाचन गर्न नसकिने बताउनुभयो । दलहरूले आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्ने बेला आएको नेता सिंहको भनाइ थियो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार