‘माउण्ट एभरेष्ट फेशन शो’ले गिनिज वर्ल्डमा नयाँ रेकर्ड राख्यो ! [फोटोफिचर]

Facebook Debugger

सोलुखुम्बु । गिनिज वर्ल्डमा नयाँ रेकर्ड राख्दै नेपालमा पहिलो पटक ‘माउण्ट एभरेष्ट फेशन रनवे’ सकिएको छ । कालापत्थर सोलुखुम्बुमा आयोजना गरिएको फेशन शो अहिलेसम्मकै सबैभन्दा अग्लो स्थानमा आयोजना गरिएको फेशन शो हो ।


नेपाल पर्यटन बोर्ड र कासा स्टाइल आरबी डायमन्ड्सको संयुक्त पहलमा आयोजित फेशन शोमा नेपाल, फिनल्याण्ड, इटाली, श्रीलंका र सिंगापुरलगायत विश्वका विभिन्न भागका मोडेलहरूको सहभागी रहेको थियो ।


जलवायु परिवर्तनको बारेमा चेतना जगाउनु र भिजिट नेपाल २०२० को प्रचारप्रसार उच्च स्थानबाट फेशन शो मार्फत दिनु कार्यक्रमको मुख्य उद्देश्य राखिएको थियो । भिजिट नेपाल २०२० अभियानको पहिलो प्रमुख कार्यक्रमहरूमध्ये यो एक हो । जसले विश्वमा नेपाल सबै क्रियाकलापहरूको लागि गन्तव्य हो भनेर चिनाउन खोजिएको छ ।


फेशन शोको समयमा प्रयोग गरिएको सामग्रीहरू, प्राकृतिक तथा जैविक र कासाका नेपाली उत्पादन हुन् । नेपाली पस्मीना, फेल्ट र याकका ऊनका हिउँदका वस्त्रका साथ आरबी डायमन्डले डिजाइन गरेका ज्वेलरीको प्रदर्शन गरिएको थियो ।


१८ जनवरी २०२० मा ४८ जनाको टोलीले लुक्लाबाट कालापत्थरसम्म पैदल यात्रा गरी पुगेका थिए । यत्तिमात्र होइन उनीहरु सगरमाथा आधारशिविरमा मोडेलहरूको यात्रा रिएलिटी शोको रूपमा छायांकन समेत गरिएको छ । उक्त शो सन् २०२० को अप्रिल र मे मा एमटीभी अमेरिका र क्यानडामा प्रसारण बताइएको छ ।

Published On:  829पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार