६ महिनामा २४ हजार विदेशी पर्यटक सगरमाथा क्षेत्र भित्रिए !

Facebook Debugger

सोलुखुम्बु । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २४ हजार बढि विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।


चालु आर्थिक वर्षको साउन देखि पुस सम्ममा २४ हजार ७ सय ५२ जना विदेशी पर्यटक खुम्बु भित्रिएको खुम्बु पासाङल्हमु गाउँपालिका ३ स्थित टोकटोक चेकपोष्टका कर्मचारी ङवाङ शेर्पाले बताउनु भयो ।
चेकपोष्टका कर्मचारी ङवाङ शेर्पाका अनुसार साउनमा ५ सय ५४ जना, भदौमा १ हजार ३ सय ७ जना र असोजमा ७ हजार ५ सय ३१ जनाले भ्रमण गरेका छन् । त्यसैगरी कात्तिकमा ९ हजार ८ सय ९० जना, मंसिरमा ३ हजार ८ सय ८७ जना र पुसमा १ हजार ७ सय ७७ जना विदेशीले खुम्बु क्षेत्रको भ्रमण गरेको गाउँपालिकाको तथ्याकंमा उल्लेख छ । जस मध्ये कात्तिक महिनामा ९ हजार ८ सय ९० जनाले भ्रमण गरेका छन् ।
अक्टोबर महिना खुम्बुका लागी पर्यटकिय सिजन भएकाले कात्तिक महिनामा पर्यटकको चाप बढि देखिएको जनाइएको छ । खुम्बु भ्रमण गर्ने पर्यटक मध्ये धेरै जसो अस्टेलियन र अमेरिकन छन् भने सबै भन्दा कम साईप्रसका नागरिक रहेको चेकपोष्टका कर्मचारी शेर्पाले बताउँनुभयो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार