थुलुङ दुधकोशी गाउँपालिकामा एकै दिन ३ योजन उद्घाटन

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा एकै दिन ३ वटा योजनाको उद्धघाटन गरिएको छ ।


गाउँपालिको वडा नम्बर ९ लोखिममा आइतबार भएको कार्यक्रममा ३ वटा योजनाको एकै साथ उद्धघाटन गरिएको हो । जनसेवा माध्यमिक बिद्यालयको ४ कोठे आरसिसि भवन, वडा कार्यलयबाट कुरिमा जोडने सडक र ३ वर्षे बाली बिज्ञान कक्षाको आज एकै साथ उद्धघाटन गरिएको हो । जिल्ला योजना कार्यान्वण इकाइको ६३ लाखको लागतमा बनेको ४ कोठे भबनमा विद्यार्थीहरुका लागी होस्टल सञ्चालन गरिने विद्यालयले जनाएको छ ।
प्रदेश सरकारको ७० लाखको लागतमा वडा कार्यलयबाट कुरिमा जोडने सडकको उद्धघाटन सँगै त्यस क्षेत्रका स्थानिय गाउँपालिका तथा सदरमुकाम सल्लेरी सगँ सिधा सडक सञ्जालमा जोडिएका छन ।
गाउँपालिका आउनका लागी १ दिनसम्म हिडनुपर्ने बाध्यताको अन्त्य भएको स्थानियको भनाई छ । साथै गाउँपालिकाले यस वर्षबाट सञ्चालन गरेको ३ वर्षे डिप्लोमा इन बाली विज्ञानमा हाल ९ जना विद्यार्थी अध्ययनरत रहेका छन । कार्यक्रमलाई सम्बोधन गदै गाउँपालिका अध्यक्ष असिम राईले गरिबका छोराछोरीले पनि गाउँमा नै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउने उदेश्यले बाली विज्ञानको पढाइ सुरु गरेको बताउनु भयो । अध्यक्ष राईले आगमी दिनमा पनि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Published On:  280पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार