वडा अध्यक्ष वास्तोलाले दिए भूमेश्वरी आविलाई मावि बनाउन १ लाख २ हजार

Facebook Debugger

सोलुखुम्बु । नेचासल्यान गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष भेषकुमार वास्तोलाले भूमेश्वरी आधारभूत विद्यालय ख्याम्पुलाई १ लाख २ हजार रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएका छन् ।


वडा नं. १ ख्याम्पुमा रहेको भूमेश्वरी आधारभूत विद्यालयलाई माध्यमिक विद्यालयमा स्तोरोन्नती गर्नका लागि अध्यक्ष वास्तोलाले सो रकम प्रदान गर्नु भएको हो । ‘नेपाल सरकारको एक वडा एक माध्यमिक विद्यालय भन्ने नारालाई सार्थकता बनाउनको लागि मैले सहयोगको शुरुवात गरेको हुँ,’ अध्यक्ष वास्तालाले भन्नुभयो, ‘मेरो वडा नभएपनि छिमेकी वडा नं. १ मा माध्यमिक विद्यालय नभएकाले मेरो स्वर्गबासी बुबा टंकप्रसाद वास्तोलाको नाममा सो रकम उपलब्ध गराएको हो ।’
साविक सल्यान गाउँ विकास समितिको वडा नं. ५, ६, ७ र ८ लाई गाभेर नेचासल्यान गाउँपालिकाको वडा नं. १ बनाइएको छ । वडा नं. १ मा ९ वटा आधारभूत विद्यालय भएपनि अहिलेसम्म एउटा पनि माध्यमिक विद्यालय छैन ।
वडा अध्यक्ष वास्तोलाले विद्यालयलाई दिनुभएको रकमले उक्त वडाका अभिभावकहरु खुशी भएका छन् । माध्यविक विद्यालय भएपछि वडा नं. १ का ३ सयभन्दा बढि विद्यार्थीहरुले मावि स्तरको पढाई भूमेश्वरीबाटनै पूरा गर्नेछन् ।

भूमेश्वरी विव्यासको अध्यक्षमा राई

नेचासल्यान गाउँपालिका वडा नं. १ ख्याम्पुस्थित भूमेश्वरी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रमेशकुमार राई सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।


मंगलबार भएको अभिभावक भेलाले वडा अध्यक्ष समेत रहनु भएका राईलाई विव्यास अध्यक्षमा सर्वसम्मत चयन गरेका हुन् । राई नेपाली कांग्रेसबाट निर्वाचित वडा नं. १ का वडा अध्यक्ष हुन् ।

Published On:  538पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार