थुलुङ दुधकोशी गाउँपालिकाले दियो १६ सयभन्दा बढिलाई घरदैलोमै सेवा

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले ९ वटै वडामा संचालन गरेको परिचयपत्र घुम्ती शिविरबाट १ हजार ६ सय ८२ जना सर्वसाधारणले सेवा लिएका छन् ।


दुईचरणमा संचालन गरिएको शिविरबाट १ हजार २ सय ५४ जना जेष्ठनागरिकलाई परिचयपत्र वितरण गरएको छ भने २ सय १० लाई अपांगता परिचयपत्र वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उद्धव ढुंगानाले जानकारी दिनुभयो । ‘क’ वर्गको ४८, ‘ख’ वर्गको १ सय १६, ‘ग’ वर्गको १९ र ‘घ’ वर्गको २७ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको हो । शिविरबाट २ सय १८ जना जेष्ठ नागरिकको सामाजिक सुरक्षा भक्ताका लागि नाम रजिष्ट्रेशन गरिएको छ ।
सोमबार वडा नं ८ देउसामा संचालन गरिएको शिविरमा २१ जनालाई अपांगता परिचयपत्र, १ सय ८० जनालाई जेष्ठ नागरिक परिचयपत्र र २३ जनाको नाम सामाजिक सुरक्षा भक्तालागी सूचीकरण गरिएको छ । मंगलबार मुक्लिस्थित गाउँपालिका कार्यलयमा छुटेकाहरुलाई सेवा दिईने प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले बताउनुभयो ।

Published On:  270पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार