प्रारम्भिक मतगणनामा आम आदमी पार्टीको अग्रता, भारतीय जनता पार्टी धेरै पछाडि !

Facebook Debugger

काठमाडौं । भारतको राजधानी दिल्लीको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । प्रारम्भिक गणनामा सत्तारूढ आम आदमी पार्टी (आप) ले अग्रता लिइरहेको छ ।


तिक्ततापूर्ण परिवेशमाझ भएको निर्वाचनमा आपले ठूलो जित हासिल गर्ने विभिन्न ‘एक्जिट पोल’ले देखाएका छन् । मतदान सम्पन्न भएपछि गरिएका त्यस्ता प्रारम्भिक मतसर्वेक्षण तथा प्रारम्भिक मतगणनाले तुलनात्मक रूपमा लामो इतिहास नभएको आपले भारतको केन्द्रीय सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो धक्का दिने देखाएका हुन् ।
उक्त क्षेत्रीय दलले शक्तिमा रहँदा शिक्षा र विकासमा दिएको ध्यानको निकै प्रशंसा हुनेगरेको छ । भाजपाले त्यहाँ आफ्नो सङ्घीय गृहमन्त्रीको नेतृत्वमा निकै चर्को निर्वाचन अभियान सञ्चालन गरेको थियो ।
मङ्गलवार बिहानसम्म प्रारम्भिक मतगणनामा आप ५० भन्दा बढी स्थानमा अगाडि देखिएको छ। त्यहाँ सरकार बनाउन कुल ७० मध्ये ३६ सीट जित्नुपर्छ । सन् २०१५ मा भएको निर्वाचनमा आम आदमी पार्टीले ७० मा ६७ सीट जितेको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार