अस्ट्रेलियामा भीषण वर्षा, यो हप्ताभित्रै सबै डढेलो निभाउने सम्भावना !

Facebook Debugger

काठमाडौं । अस्ट्रेलियामा डढेलोबाट सबैभन्दा धेरै प्रभावित न्यू साउथ वेल्स राज्यमा केही दिनयता परेको ठूलो पानीले त्यहाँ अझै बलिरहेका डढेलो निभाइदिने संभावना बढेको छ ।


शुक्रवारदेखि आगलागीबाट प्रभावित उक्त क्षेत्रमा वर्षौँयताको भीषण वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा बाढी निम्त्यायो तथा जनजीवन प्रभावित भयो । केही स्थानबाट सयौँ मानिसलाई उद्धार गर्नुपरेको थियो ।
ठूलो पानीले ३० वटा विभिन्न डढेलो निभाइदिएको छ । सिड्नीको उत्तर र दक्षिणमा नोभेम्बर महिनादेखि बलिरहेको ‘विशाल डढेलो’ निभेका छन् । ती प्रत्येक डढेलोले ५÷५ लाख हेक्टर क्षेत्रफल प्रभावित पारेका थिए ।
न्यू साउथ वेल्सको अग्निनियन्त्रक निकायका अनुसार त्यहाँ अझै चारवटा डढेलो भने अनियन्त्रित ढङ्गले बलिरहेको छ । सो राज्यभरि कुल २४ डढेलो अझै बलिरहेका छन् । उक्त निकायका प्रवक्ताले मौसम पूर्वानुमानअनुसार अब बाँकी डढेलो छिट्टै निभ्ने ठानिएको बताए ।
अस्ट्रेलियाका ठूल्ठूला झाडीक्षेत्रमा यसपालि लागेको डढेलो अत्यन्तै डरलाग्दा थिए । ती डढेलोबाट न्यू साउथ वेल्समा सबभन्दा धेरै प्रभाव र्पयो । अभूतपूर्व आकार र सघनतासहितका ज्वालाहरू जलवायु परिवर्तनको असरको परिणाम भएको वैज्ञानिकहरूले बताएका थिए । तापक्रम बढ्दै जाँदा देशभरि झन् सुक्खा देखा परेको थियो ।
अस्ट्रेलियाभरिमा डढेलोका कारण ३३ जनाको ज्यान गयो भने हजारौँ घर नष्ट भए । कुल एक करोड १० लाख हेक्टर जमिन डढेलोको चपेटामा परेको थियो । यो क्षेत्रफल इङ्ग्ल्यान्डको कुल क्षेत्रफल बराबर हो ।

Published On:  187पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार