सल्यान सोलुखुम्बुमा माछापुच्छ्रे बैँकको पहिलो शाखारहित बैकिङ सेवा शुरु

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका सल्यानस्थित दोदीमा ग्राहक शाखारहित बैंकिङ सेवा शुरु भएको छ ।


सल्लेरीमा शाखा स्थापना गरेको ४ महिना नवित्दै माछापुच्छ्रे बैँकले मंगलबार जिल्लामै पहिलो शाखारहित बैकिङ सेवाको शुरुवात गरेको हो । गाउँघरबाटै बैकिङ सुविधा पाउने भएपछि स्थानीयबासी खुशी भएका छन् ।
वडा नं १ र २ का वडाअध्यक्षद्धय रमेश कुमार राई, भेषकुमार बास्तोला र पत्रकार भानुभक्त निरौलाले माछापुच्छ्रे बैँकको ग्राहक सेवा केन्द्रले बैकिङ कारोबारको लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाएको बताए ।
बैँकका सल्लेरी शाखा प्रबन्धक टेक बहादुर बस्नेतले सजिलो र भरपर्दो माध्यमबाट वित्तीय कारोबारको लागि शाखा रहित बैकिङ सेवाले सहज बनाउने बताए । जिल्लामा आधादर्जन बढि बैँकहरु खुलेपनि सर्वसाधारणको पहूँच नपुगेको अवस्थामा ग्राहक सेवा केन्द्रले सल्यानका स्थानीयलाई सहयोग पुग्ने प्रबन्धक बस्नेतले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार