देशभरका अतिक्रमित सरकारी जग्गा खोज्न सांसद भट्टराईको माग ! [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । खोटाङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य विशाल भट्टराईले देशभर सरकारी अतिक्रमित जग्गा खोजविन गर्न सरकार समक्ष माग गर्नु भएको छ ।


बुधबार बसेको संघीय संसद बैठकको शुन्य समयमा बोल्नु हुँदै सांसद भट्टराईले देशभरका सम्पूर्ण अतिक्रमित सरकारी जग्गा खोजविन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गर्नु भएको हो ।
सांसद भट्टराईले बालुवाटारमा रहेको ललिता निवास जग्गा प्रकरणमा ढिलै भएपनि सरकारले चालेको कदमको प्रशंसा गर्नुभयो । ‘आम नेपाली जनताको सर्वाधिक चासो र सरोकारको विषयको रुपमा रहदै आएको बालुवाटारको ललिता निवास जग्गा प्रकरण ढिलै भएपनि विशेष अदालतसम्म पुगेको छ । यस अर्थमा नेपाल सरकार जसले त्रिताल आयोग गठन गरेर जग्गाको खोजविन गर्र्यो । सरकारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ सांसद भट्टराईले भन्नुभयो, ‘सरकारको साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि धन्यवाद दिन चाहन्छु । नेपालको केन्द्र काठमाडौं, काठमाडौंको पनि केन्द्र बालुवाटार जस्तो ठाउँको सरकारी स्वामित्तको जग्गा हाक्काहाक्की आफ्नो स्वामित्तमा पार्ने हर्कत गर्ने हरेकलाई अख्तियार र अदालतले कारबाही गरोस भन्ने पनि म सभामुख मार्फत सरकारसँग माग गर्न चाहन्छु ।’

Published On:  191पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार