महाकुलुङ चक्रपथ निर्माणविरुद्ध परेको मुद्दा उच्च अदालतद्धारा खारेज !

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिकामा निर्माण गर्ने क्रममा स्थानीय जग्गा धनीले त्यसलाई रोक्नका लागि अदालतमा हालेको रिट खारेज भएको छ ।


गाउँपालिकाको वडा नम्बर ३ का सतुमान राई सहित १४ जना स्थानीयले गाउँपालिका, वडा तथा उपभोक्ता समितिलाई विपक्षी बनाएर दायर गरेको रिट बुधबार खारेज भएको हो । उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासमा दायर रिटमा न्यायाधिशद्धय गणेशप्रसाद बराल र किरणकुमार पोखरेलको संयुक्त इजलासले उक्त निर्णय खारेजीको निर्णय गरेको गाउँपालिका अध्यक्ष सागर किरातीले बताउनु भयो ।
अन्तरिम आदेश दिनु पर्ने मनासिव कारण नदेखिएकाले रिट खारेज भएको जनाइएको छ । वडा नम्बर ३ का स्थानीयले २०७६ साल साउन ३१ गते अदालतमा रिट निवेदन दिएका थिए । रिट खारेज भएपछि चक्रपथ निर्माणको लागि बाटो खुलेको छ । बुधबारको फैसलाले विकास निर्माणमा बाधा उत्पन्न गर्नेहरुलाई पाठ सिकाएको गाउँपालिका अध्यक्ष सागर किरातीले बताउनु भयो ।
राजनीति आस्थाका कारण महाकुलुङ गाउँपालिकाको गौरवको आयोजना अदालतसम्म पुगेको अध्यक्ष किरातीको भनाई छ । आपूmहरु गाउँपालिकाको विकासका लागि परेको भन्दै यस्ता सानातिना कुरामा नअल्झीने उहाँले बताउनु भयो । विकासको काममा विरोध गर्नेहरुलाई पनि यसले पाठ सिकाएको अध्यक्ष किरातीको भनाई छ । रिट खारेज भएसँगै गाउँपालिकाको निर्णय कानुन सम्वत भएको प्रमाणीत भएको पनि अध्यक्ष किरातिले बताउनु भयो । विकास विरोधिहरुले विरोधका लागि मात्र विरोध गरेकाले गाउँपालिकाको पक्षमा फैसला भएको अध्यक्ष किरातीले बताउनु भयो ।

Published On:  347पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार