कोरोनाभाइरस : ‘अहिले नै प्रकोप अन्त्यको अनुमान गर्न निकै छिटो हुने !’

Facebook Debugger

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले ‘निकै छिटो’ हुने बताएको छ ।


‘यो प्रकोप अझै पनि जुनसुकै दिशामा जानसक्छ,’ विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भने ।
यसअघि चीनले कोरोनाभाइरस सङ्क्रमण देखा पर्नेको सङ्ख्या एकदिनमा २,०१५ पुगेको बताएको थियो जुन गत दुई सातामा सबभन्दा कम हो ।
भाइरसका कारण अहिलेसम्म ११ सय भन्दा बढीको मृत्यु भइसक्यो भने ४४ हजार ६ सय सङ्क्रमित भइसकेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार