अन्तर्जातीय बिहे गरेकी युवतीको जबर्जस्ती गर्भपतन, जनप्रतिनिधिविरुद्ध किटानी उजुरी

Facebook Debugger

काठमाडौं । नयाँ पत्रिका दैनिकले अन्तर्जातीय बिहे गरेकी एक युवतीको जबर्जस्ती गर्भपतन गराइएको पाँचथरको समाचारलाई पनि पहिलो पृष्ठमा समेटेको छ ।


पाँचथरको कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाका रमेश खड्काकी श्रीमती सीना नेपालीको गर्भपतन गराइएको हो । यसमा श्रीमान् रमेशससहित परिवारका सदस्य मात्रै होइन, जनप्रतिनिधि नै मुछिएको समाचारमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा जबर्जस्ती गर्भपात गराइएको भन्दै पीडित पक्षले प्रहरीमा जाहेरी दिएको छ । ‘पीडितले २२ माघमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको भोलिपल्टैदेखि अध्यक्ष चेम्जोङ भने फरार छन्,’ नयाँपत्रिकामा प्रकाशित समाचार छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार