काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहले माघ २३ गते आयोजना गर्ने जनसभाको प्रचारप्रसार गर्न भन्दै काठमाडौंमा आज मोटरसाइकल र्यालीको निकालेको छ।
युवा संघ र अनेरास्ववियूले संयुक्त रूपमा आयोजना गरेको मोटरसाइकल र्याली बालकुमारीबाट सुरु भएर सातदोबाटो–लगनखेल–जावलाखेल–पुल्चोक–थापाथली–त्रिपुरेश्वर–एनएसी–जमलचोक–दरबारमार्ग–नारायणहिटी–जयनेपाल हल–कमलपोखरी–रातो पुल–गौशाला–एयरपोर्ट हुँदै तीनकुने सम्म हुनेछ ।