मांसहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानमा लगेर थुन्छु : गृहमन्त्री थापा

35 Shares

काठमाडौं । नेपालक कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा माधव–प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।

नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’

नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’

मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री थापाले निर्देशन दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार