शान्ति समाजको राष्ट्रिय परिषद् बैठक मङ्सिरमा हुने

0 Shares

काठमाडौँ, १३ भदौ । मानव अधिकार तथा शान्ति समाजको १९औँ राष्ट्रिय परिषद् बैठक आगामी मङ्सिर १० र ११ गते रुपन्देहीको बुटवलमा आयोजना हुने भएको छ ।

राष्ट्रिय परिषद् बैठक समाजको सर्वाेच्च नीति निर्णायक अङ्ग हो । बैठकमा समाजका ३४ जिल्ला शाखाका प्रतिनिधि तथा पर्यवेक्षक, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, विभागीय संयोजक गरी २५० भन्दा बढी अधिकारकर्मीको सहभागिता रहने समाजले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आगामी दुई वर्षका लागि केन्द्रीय कार्यसमितिको निर्वाचन पनि सम्पन्न हुनेछ ।

अन्तर्राष्ट्रिय शान्ति दिवस (२१ सेप्टेम्बर) का सन्दर्भमा समाजले यही असोज ५ मा ‘शान्ति प्रक्रियाको पूर्णता ः पीडितलाई न्यायको सुनिश्चितता’ र अन्तर्राष्ट्रिय अहिंसा दिवस (२ अक्टोबर) का सन्दर्भमा असोज १६ गते ‘राजनीतिमा विकृत्ति ः अहिंसात्मक संस्कृति निर्माणमा बाधा’ शीर्षकमा कार्यक्रम गर्ने समाजका सभापति गङ्गाधर अधिकारीले जनाउनुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार