काठमाडौं, ५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेनै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्ध महाअभियोग दर्ता होला भन्ने आफूले नसोचेको बताएका छन् ।
कांग्रेस बैठकमा महाअभियोग बारे माओवादी एमालेसाग सामान्य छलफल भएको देउवाले जानकारी गराए । उनले बैठकमा भने एमाले र माओवादीका नेतासँग महाअभियोगको बारेमा कुरै नभएको होइन । किनकि, अख्तियार प्रमुखको विषयमा लामो समयदेखि प्रश्न उठेको थियो ।
देउवाले व्यक्तिगत रूपमा भेटेर लाेकमानलार्इ शैली सुधार गर्न सुझाव दिएकको बताए । उनले राजनीतिक पंक्ति मात्र होइन, ब्युरोक्रेसी पनि क्रूद्ध छ भनेर सुझाब दिएको बैठकमा बताउँदै भने,’ तर, त्यसको कार्यान्वयन भएन । त्यो विषयमा के गर्ने भनेर ओली र प्रचण्डसँग पनि मेरो कुरा भएको हो । तर, अहिले नै महाअभियोग दर्ता होला भन्ने मलाई लागेको थिएन ।’
प्रस्ताव दर्ता भइसक्यो, अब संस्थागत निर्णय गरौँ । यो महिना दिनसम्म चल्नसक्ने प्रक्रिया हो, हामी निर्णयमा पुग्न हतारो छैन ।