कोष्टारिकामा सडक दुर्घटना बाह्रको मृत्यु

0 Shares

सान जोसे (कोष्टारिका), ५ कात्तिक । कोष्टारिकामा बिहीबार पर्यटकहरु बोकेको एक बस दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ ।

तीस यात्रु बोकेको बस अलाजुएला प्रान्तको चिन्चोना सहरनजिकै २० मिटर तल गहिराईममा खसेर दुर्घटना हुँदा १२ व्यक्तिको मृत्यु हुनुको साथ अन्य १५ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा चालकसहित पाँच जना पुरुष र सात जना महिला रहेका त्यहाँको दैनिक पत्रिका नाचिवनले जनाएको छ ।

स्थानीय समयानुसार बिहीबार बिहान ९ बजे दुर्घटना भएको सो बसमा धेरैजसो त्यहाँको राष्ट्रिय विश्वविद्यालयहरु ‘द युनिभर्सिटी अफ कोष्टारिका र नेश्नल टोक्नोलोजिकल युनिभर्सिटी’का अवकास प्राप्त कर्मचारीहरु रहेका जनाइएको छ ।

बसमा प्राविधिक खराबी आएपछि अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ राष्ट्रपति लुइस गुइल्लेर्मो सोलिसले ट्विटमार्फत् दुर्घटना प्रति गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

साथै दुर्घटनाका कारण तीन दिनको राष्ट्रिय शोकको घोषणा समेत गरिएको र सो अवधिभरी राष्ट्रिय झण्डा आधा झुकाइने घेषणा भएकोजानकारी दिनु भएको छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार