ललितपुर, ५ कात्तिक । उद्योगमन्त्री नवीन्द्रराज जोशीले प्राकृतिक ग्यास (मिथेन) को उत्पादनको नमुना प्लान्टको इमाडोलमा आज अवलोकन गर्नुभएको छ ।
ग्यास प्लान्ट वैदेशिक सहयोग नभई नेपाल सरकारको खर्चमा निर्माण भएको हो । ग्यास प्लान्ट निर्माणका लागि झन्डै रु १५ लाख खर्च भएको थियो ।
इमाडोलमा मिथेन ग्यास देखिएको छ तर त्यसको मात्रा जाँच गर्न बाँकी छ । उद्योग मन्त्रालयअन्तर्गतको खानी तथा भू–गर्व विभागले ग्यास उत्खननका लागि ड्रिल गरेको थियो । यो अवलोकन कार्यक्रममा बोल्दै उद्योगमन्त्री जोशीले यस्ता उत्खनन महत्वपूर्ण हुने बताउनुभयो ।
उहाँले यस्ता कामको सुरुआत भएपछि निरन्तरता दिने उल्लेख गर्नु भयो । रासस
