पाल्पा, ५ कात्तिक । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले आगामी २०७४ माघ ७ गतेसम्म प्रमुख दलहरु सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
तानसेन बहुमुखी क्याम्पसद्वारा प्राविधिक शिक्षा स्थापनाका लागि आजदेखि तानसेनमा आयोजित श्रीमद्भागवात ज्ञान महायज्ञको उद्घाटन गर्दै मन्त्री भण्डारीले तीन दल नमिले मुलुक जटिल सङ्कटमा पर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा कथा वाचक दीनबन्धु पोखरेलले भौतिक र आध्यामिक चेतनाको विकासले समृद्ध र सभ्य सभाज निर्माण गर्ने बताउनुभयो । रासस








