डडेल्धुरा, ६ कात्तिक । नौ बँुदे घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियनको सुदूरपश्चिमस्तरीय क्षेत्रीय सम्मेलन शुक्रबार यहाँ सम्पन्न भयो ।
पत्रकारका पेसागत मुद्दा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, सेवा सुविधा र न्यूनतम पारिश्रमिकलाई पूर्ण रुपमा लागू गरिनुपर्नेलगायतका बिषय घोषणपत्रमा उल्लेख गरिएको युनियनका क्षेत्रीय संयोजक लालबहादुर ऐरीले बताउनुभयो ।
नेपाल प्रेस युनियन सुदूरपश्चिम समन्वय समितिको आयोजनामा तथा प्रेस युनियन डडेल्धुराको आतिथ्यमा सम्पन्न उक्त सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाका १० शाखाका पदाधिकारी, क्षेत्रीय पदाधिकारी, केन्द्रीय पदाधिकारी एवम् पार्षद्को सहभागिता रहेको थियो । सम्मेलनमा प्रेस युनियनका अध्यक्ष, महासचिव उपाध्यक्ष, सल्लाहाकारको समेत उपस्थिति रहेको थियो ।
सो अबसरमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले मोफसलमा पत्रकारिताको विकास र विस्तार तथा पत्रकारको न्यूनतम पारिश्रमक लागू गराउने सवालमा सम्मेलनले म
डडेल्धुरा, ६ कात्तिक । नौ बँुदे घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियनको सुदूरपश्चिमस्तरीय क्षेत्रीय सम्मेलन शुक्रबार यहाँ सम्पन्न भयो ।
पत्रकारका पेसागत मुद्दा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, सेवा सुविधा र न्यूनतम पारिश्रमिकलाई पूर्ण रुपमा लागू गरिनुपर्नेलगायतका बिषय घोषणपत्रमा उल्लेख गरिएको युनियनका क्षेत्रीय संयोजक लालबहादुर ऐरीले बताउनुभयो ।
नेपाल प्रेस युनियन सुदूरपश्चिम समन्वय समितिको आयोजनामा तथा प्रेस युनियन डडेल्धुराको आतिथ्यमा सम्पन्न उक्त सम्मेलनमा सुदूरपश्चिमका नौवटै जिल्लाका १० शाखाका पदाधिकारी, क्षेत्रीय पदाधिकारी, केन्द्रीय पदाधिकारी एवम् पार्षद्को सहभागिता रहेको थियो । सम्मेलनमा प्रेस युनियनका अध्यक्ष, महासचिव उपाध्यक्ष, सल्लाहाकारको समेत उपस्थिति रहेको थियो ।
सो अबसरमा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले मोफसलमा पत्रकारिताको विकास र विस्तार तथा पत्रकारको न्यूनतम पारिश्रमक लागू गराउने सवालमा सम्मेलनले महत्वपूर्ण निर्णय गरेको बताउनुभयो ।