फरार अभियुक्त खोज्दै प्रहरी, चार महिनामा १० जना पक्राउ

0 Shares

ओखलढुंगा, ६ कात्तिक । ओखलढुंगामा प्रहरीले अदालतबाट सजाय तोकिएर फरार अभियुक्तको खोजी तीव्र बनाएको छ । फरार प्रतिवादी पक्राउ गर्न टोली नै बनाएर जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले खोजी तीव्र बनाएको छ ।
प्रहरी निरीक्षक दिपककुमार शाहको नेतृत्वमा रहेको टोलीले ०७३ असार यता १० जना विभिन्न अभियोगमा सजाय तोकिएर फरार रहेका अभियुक्त पक्राउ गरेको छ । पक्राउ परेकालाई अदालत पेश गरि सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयो । कतिपयले सजाय भोगेर पनि घर फर्किसकेको शाहको भनाइ छ ।
ओखलढुंगा जिल्ला अदालतमा मुद्दा चलेर सजाय तोकिएपछि फरार रहेका व्यक्तिहरु पक्राउ गरेर अदालतमा पेश गर्न नामावली प्रहरीलाई दिएपछि प्रहरीले टोली नै बनाएर फरार प्रतिवादी खोजी गर्न थालेको हो ।
पक्राउ परेका फरार अभियुक्तहरु घरेलु हिंसा, जवरजस्ती करणी, कर्तव्य ज्यान, चोरी जस्ता मुद्दाका रहेका छन् । प्रहरी निरिक्षक शाहको अगुवाइमा प्रभावकारी काम भएकाले फरार प्रतिवादीको खोजी निरन्तर गरिने प्रहरीले जनाएको छ ।
लामो समयदेखी फरार प्रतिवादीको सूची अध्यावधिक नभएकाले अदालतले यकिन गरेर सूची तयार गर्न लागेको ओखलढुंगा जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताउनुभयो । ओखलढुंगामा यकिन नभए पनि सयको हाराहारीमा विभिन्न मुद्दामा सजाय तोकिएका अपराधी फरार रहेको अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार