पहिरोपीडितलाई डेढ लाख सहयोग

0 Shares

म्याग्दी, ७ कातिक । म्याग्दीको भकिम्ली–९ तोराखेतका पहिरोपीडितलाई भकिम्ली बरञ्जा युके समाजले शनिबार डेढ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी भकिम्ली उपशाखाले बेनीमा आयोजना गरेको कार्यक्रममा सांसद रेशमबहादुर बानिया, समाजका अध्यक्ष खड्गबहादुर रोका र उपशाखा सभापति दुर्गाराम सुवेदीले पहिरोपीडितलाई सहयोग वितरण गरेका थिए ।

बेलायतमा बसोबास गर्दै आएका भकिम्ली र बरञ्जाका ४४ जनाले सङ्कलन गरेर पठाएको एक लाख ५३ हजार छ सय रुपैयाँ पहिरोका कारण विस्थापित १६ घरपरिवारलाई नौ हजार छ सय रुपैयाँका दरले वितरण गरिएको थियो ।
कार्यक्रममा सांसद बानियाले तोराखेतको पहिरो तत्काल रोकथामको सम्भावना नभएकाले पुनर्वासका लागि पहल गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार