किन सम्झिए जुद्ध कार्कीले डिबी किराँती, लोचन शर्माहरुलाई ? (भिडियो सहित)

  सगरमाथा अनलाईन
3.7k Shares

काठमाडौ । नेकपा एमाले विभाजन पछि अहिले नेकपा (एकीकृत समाजवादी) मा छन् नेता जुद्ध बहादुर कार्की । नेकपा एमाले सोलुखुम्बुको विभिन्न तहमा रहेर लामो समय राजनीति गरेका कार्कीले काठमाडौमा भएको एउटा कार्यक्रममा एमालेको संगठन विस्तार गर्न डिबी किराँती र लोचन शर्माहरुको योगदान अहम् रहेको बताए ।

कार्यक्रम थियो, नेकपा एकीकृत समाजवादीको काठमाडौ सोलुखुम्बु सम्पर्क मञ्च गठन गर्ने । उक्त कार्यक्रममा विभिन्न पेशा व्यवसायको शीलशीलामा काठमाडौमा बस्दै आएका थुप्रै सोलुखुम्बेलीहरु उपस्थित भएका थिए ।

आफ्नो बोल्ने पालो आएपछि कार्कीले विगतमा सोलुखुम्बुको कम्युनिष्ट आन्दोलनमा दुःख गरेकाहरु, निष्ठा, सिद्धान्त र विधिको राजनीति गर्नेहरु सधैं ओझेलमा परेको र पार्टीमा केही योगदान नभएकाहरुको हालीमुहाली रहेको बताए ।

उनले प्रदेश ‘क’ को उम्मेदवारी छनौटको क्रममा भएको अन्यायको स्मरण गर्दै एमाले पार्टी बनाउन ४० बर्ष विताएका डिबी किराँतीलाई टिकट नदिएर अन्याय गरेको बताए । उनले आफू पनि प्रदेश ‘क’ को सांसदको उम्मेदवारको दाबेदार भएपनि डिबी किराँती, लोचन शर्मा र आफूलाई पन्छाएर टिकट दिनेबेला कुनै पार्टीबाट आएको भतुवालाई दिएको बताए ।

हेर्नुहोस् पूरा भिडियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार