चैतमा निर्वाचन नभए मुलुक सङ्कटमा पर्छः अध्यक्ष गच्छदार

0 Shares

भीमदत्तनगर, ७ कात्तिक । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन नभए मुलुक सङ्कटमा पर्ने बताएका छन् ।

कञ्चनपुरको बेल्डाँडी नगरपालिका–५ चवन्नी बजारमा आइतबार पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले चैतभित्र स्थानीय तहको निर्वाचन गराउनुपर्ने बताए । सोह्रबुँदे सहमति गराएर आफूले नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई सहमतिमा ल्याएर संविधान जारी गराउन पहल गरेको बताउँदै नेता गच्छदारले तीनै ठूला दलका कारण मुलुकको अवस्था बिग्रिदै गइरहेको आरोप लगाए ।

bijaya-kumar-gachchhadar-ph

सबै जातजाति र समुदायलाई सम्बोधन गरेर संविधान जारी भएको बताउँदै उनले संविधान कार्यान्यवनका लागि पनि चैतमा निर्वाचन गराउनुपर्ने धारणा राखे । “हाम्रो संविधान विश्वकै उत्कृष्ट छ,” उनले भने । आमसभामा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का महासचिव रामजनम चौधरी, सांसदहरु जनक चौधरी र योगेन्द्र चौधरीलगायतले आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार