सोताङ गाउँपालिका सभापतिमा कार्की सर्वसम्मत चयन

  सगरमाथा अनलाईन
2.7k Shares

सोलुखुम्बु । सोताङ गाउँपालिका सभापतिमा कृष्णबहादुर कार्की सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसको १४ औं अधिवेशनले कार्कीलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । कार्कीको सभापतित्वमा ३३ सदस्यीय पालिका कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको क्षेत्रिय प्रतिनिधी उत्तम नाछिरिङले बताए ।

उपसभापतिमा बलुकुवीर नाछिरिङ र भगवती बस्नेत, सचिवमा जीवन कोइराला र सुकवीर राई, सह सचिवमा चन्द्रिमाया कटुवाल र रोहित नाछिरिङ र कोषाध्यक्षमा दिनेशकुमार बस्नेत सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरुमा दुर्गामाया बस्नेत, प्रविना राई, ममता नाछिरिङ, हरिमाया बस्नेत, जयप्रसाद राई, रबि बस्नेत, टेकबहादु राई, धनप्रसाद नाछिरिङ, राजकुमार राई, खम्मनबहादुर बस्नेतलगायत ३३ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

यसैबीच खुम्बु पासाङल्हामु र महाकुलुङ गाउँपालिकामा पनि सर्वसम्मत सभापति लगायत पदाधिकारीहरु चयन गरिएको छ । लिखुपिके गाउँपालिकामा सुरज बस्नेत र मिना कार्की चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै नेचासल्यान गाउँपालिकामा निरकुमार शर्मा र निरकुमार शर्मा कट्टेल चुनावी मैदानमा छन्, भने थुलुङ दुधकोशी गाउँपालिकामा भक्त गुरुङ र बलबहादुर बस्नेत चुनावी मैदानमा उत्रिएका छन् । यता माप्य दुधकोशी गाउँपालिकामा भने सहमतिय रुपमै नेतृत्व चयन गर्नका लागि भोलीसम्मका लागि समय थप गरिएको बताईएको छ ।

जिल्लाको एक मात्र नगरपालिकामा मिङमार शेर्पा र सोनामग्याल्जेन शेर्पा चुनावी मैदानमा छन् । उनीहरुमध्ये कसको पक्षमा नतिजा आउने भन्ने निकै चासोका साथ हेरिएको छ ।

यो पनि पढ्नुहोस

खुम्बु पासाङल्हामु गाउँपालिका सभापतिमा चुङ्बा शेर्पा सर्वसम्मत चयन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार